Rule 17
विश्रामको लागि थप समय दिनु पर्ने
रोजगारदाताले तीन बर्ष उमेर ननाघेको शिशु भएका महिला श्रमिकलार्इ शिशुलार्इ स्तनपान तथा हेरचाहको लागि र गर्भवती महिला श्रमिकलार्इ ऐनको दफा २८ को उपदफा (२) बमोजिमको विश्रामको समय बाहेक एकै पटक वा पटक पटक गरी थप आधा घण्टा विश्रामको लागि समय दिनु पर्नेछ। त्यसरी प्रदान गरिएको थप विश्रामको समयलाई काम गर्ने समयमा गणना गरिनेछ।